• कर्णाली प्रदेश सरकार

    उद्याेग,पर्यटन, वन तथा वातावरण मन्त्रालय

    प्रदेश वन निर्देशनालय

    डिभिजन वन कार्यालय

    वीरेन्द्रनगर, सुर्खेत


    परिचय

    नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत मध्य पहाडी क्षेत्रमा अवस्थित सुर्खेत जिल्ला भेरी अञ्चलको पाँच जिल्ला मध्ये एक हो । मध्य पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेको सुर्खेत जिल्ला ८००५९’ देखि ८२०२’ पूर्वी देशान्तर र २८०२०’ देखि २८०५८’ उत्तरी अक्षांशसम्म फैलिएको छ । यो जिल्ला समुद्री सतहबाट १९८ मीटरदेखि २३६७ मीटरसम्म अवस्थित छ । दैलेख, जाजरकोट, सल्यान, बर्दिया काे सिमाना क्षेत्र स‌‌ग जोडिएको यस जिल्लाको क्षेत्रफल तथ्यांक विभागका अनुसार २४५१ वर्ग कि.मी. र LRMP का अनुसार २४९० वर्ग कि.मी. रहेको छ (DISCO Surkhet, 2008) जाडो याममा न्युनतम ०.५०C (२००४ जनवरी ५) र गर्मीमा अधिकतम ४१.८०C (२००५जुन १८) सम्म तापक्रम हुने यस जिल्लामा सामन्यतया वार्षिक सरदर १७०० मिलीमिटर वर्षा हुने गर्दछ (कर्मचारी मिलन केन्द्र सुर्खेत, २०६८) । यस जिल्लाको उत्तरी भेगमा पूर्व देखि पश्चिम सम्म महाभारत, मध्य भागमा भेरी नदी र नदीको किनारतिर समथल भू–भाग रहेको छ भने दक्षिणी भागमा चुरिया श्रृखला रहेको छ ।

    उदेश्य

    वन र वन्यजन्तुको संरक्षण, सम्वद्र्धन र सदुपयोग गरी पर्यावरणीय सन्तुलन तथा स्वच्छ वातावरण कायम राख्नु । वन क्षेत्रको उत्पादकत्व र वन पैदावारहरुको उत्पादनअभिवृद्धि गर्नु । वन जन्य उद्यम तथा पर्यापर्यटनको विकास तथा प्रवद्र्धन गर्नु । जडिवुटी उत्पादान, संकलन, खेती विस्तार, प्रशोधन र बजारीकरणको लागि सहजीकरण गर्नु ।

    केन्द्रको जिम्मेवारी

    वन व्यवस्थापन, भू-संरक्षण र वन उद्यम तथा पर्यटन विकास तथा प्रवद्र्धन द्वारा स्वच्छ वातावरण कायम राख्दै स्थानीय रोजगारी तथा आय आर्जनमा सुधार ल्याउने ।

    © 2020 Copyright : डिभिजन वन कार्यालय, वीरेन्द्रनगर, सुर्खेत
    Last Updated: 2020/09/17
    Developed By: Ninja Infosys Pvt. Ltd.